Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

साताको अन्तिम दिन उच्च अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

काठमाडौं । निरन्तर बढीरहेको शेयर बजार साताको अन्तिम कारोबारका दिन उच्च अंकले घटेको छ ।

लगातार बढेको ७ कारोबार दिनपछि नेप्से परिसूचक बिहीबार अघिल्लो दिनको तुलनामा ३२ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २१०९ विन्दुमा कायम भएको छ ।

यसअघि २६ मंसिरदेखि निरन्तर बजार बढिरहेको थियो । यसदिन बजारमा १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन बुधबार मात्रै परिसूचक ३५.३९ अंकले बढेर बजारमा ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँको कारोबार भएको थियो ।

आज बोटल्र्स नेपाल बालाजु, आशा लघुवित्त वित्तीय संस्था, धौलागीरी लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड र चिरखवा हाइड्रोपावर लिमिटेडमा सकारातमक सकर्टि लगेको छ ।

त्यस्तै, कारोबारका आधारमा सिभम सिमेन्टस ३० करोड ६८ लाख ६० हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077