Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका स्वीकृत

काठमाडौं । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको हो।

निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्नेसरकारका प्रवक्ता रेखा शर्माले बताइन्।

बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका दलित बाहेक अल्पसंख्यक जनजातिलाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय पनि गरेको छ ।

राष्ट्रियसभामा अल्पसंख्यकबाट पनि प्रतिनिधि चयन हुने व्यवस्था छ ।अल्पसंख्यक कुन कुन जातिलाई मान्ने भन्ने विषयमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ ले व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077