Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा पाल्पा रिव्दीकोट गाउँपालिका–३, का ३० वर्षीय विष्णु ढकाल रहेका छन् ।

यस्तै, दुर्घटनामा परी दाङ जिल्ला घोराही उपमहानगरपालिका–३, का ३२ वर्षीय यमराज पुन र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–५, का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते दुबै जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बेलुकी ८ः१५ बजे गुल्मीबाट पाल्पातर्फ आइरहेको रा १ ख २४०४ नम्बरको टिपर उकालोमा व्याक भई सडकदेखि १५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077