Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेसको मधेश प्रदेश सम्मेलनमा बन्दसत्र जारी

काठमाडौं । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आज पनि जारी रहेको छ ।

हिजो जनकपुरस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा सुरुभएको सम्मेलनको आज बन्दसत्र चलिरहेको हो ।

बन्दसत्रमा प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले सांगठनिक र राजनीतिक प्रतिवेदन पेस गरेका छन् । यस्तै कोषाध्यक्ष प्रदीप यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ प्रतिनिधि सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077