Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा गाडी दुर्घटना हुँदा ७ जना घाइते

चितवन । चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

चितवनको राप्ति नगरपालिका १२ भञ्ज्याङमा भण्डारबाट कालिटार जाँदै गरेको गाडी दुर्घटना हुँदा सात जना घाइते भएका हुन्।

बा १९ च ४५६२ नम्बरको गाडी सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा ७ जना घाइते भएका चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गाडीचालक राप्ती नगरपालिका-१३ का चन्द्रबहादुर प्रजासहित सोही ठाउँका ५० वर्षीया दिलमाया चेपाङ, ६७ वर्षीय दिलबहादुर चेपाङ, १७ वर्षीय सरोजकुमार प्रजा, ३० वर्षीय विष्णुलाल प्रजा, १५ वर्षीय मनकुमार प्रजा र ३५ वर्षीय मनकुमार प्रजा घाइते भएका छन् ।

घाइतेहरूको भरतपुर अस्पताल र भण्डारा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077