Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन सुरु

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन सुरु भएको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा प्रदेश समितिको पहिलो सम्मेलन सुरू भएको हो।

सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ महामन्त्री विश्वप्रकाश शर्मा लगायत थुप्रै नेताहरू सहभागी छन्।

सम्मेलनमा गत वर्षको पार्टीको कामको समिक्षा र आगामी वर्षको संकल्पबारे छलफल हुनेछ। कांग्रेसको विधानमा वर्षमा एकपटक प्रत्येक कार्यसमितिको सम्मेलन गर्नुपर्ने उल्लेख छ।

सोही अनुसार यस वर्ष लुम्बिनी, गण्डकी र मधेस प्रदेशको सम्मेलन भइसकेको छ। सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077