Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अल्बानियाकी द्रिताले जितिन् ‘मिस अर्थ २०२३’ को ताज

एजेन्सी । । ‘मिस अर्थ २०२३’ को ताज अल्बानियाकी द्रिता जिरीले जितेकी छन् ।

शुक्रवार भियतनामको होचिमिन्ह सहरमा सम्पन्न प्रतियोगितामा ८४ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

अल्बानियाले यो प्रतियोगिता पहिलो पटक जितेको हो । प्रतियोगितामा फिलिपिन्सकी एलना अदुआना फस्ट रनर अप र ‘मिस अर्थ एयर’ घोषित हुँदा भियतनामकी दोथी लाना सेकेन्ड रनर अप बन्दै ‘मिस अर्थ वाटर’ बन्न सफल रहिन् ।

प्रतियोगितामा थर्ड रनर अप र ‘मिस अर्थ फायर’ को उपाधि भने थाइल्यान्डकी कोरा ब्लिअल्टले हात पारिन् । यो वर्ष प्रतियोगितामा ८५ देशको सहभागिता रहेको थियो ।

यो पटकको प्रतियोगितामा बार्बाडियन गायक शोन्टेल, भियतनामी गायक जेकी, मोनो र सारा लुउले प्रस्तुति दिएका थिए । नेपालबाट सहभागी ‘मिस नेपाल अर्थ २०२३’ रेना मजगैयाँ अन्तिम २० मा पनि पुग्न सकिनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077