Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - देश संकटमा छ, हामीले नेतृत्वदायी भूमिका खेल्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।

शनिबार कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएकन हुन् ।

सभापति देउवाले संकटपूर्ण अवस्थामा सबै एकतावद्ध हुनुपर्ने बताए। नेपाललाई समावेशी, समानुपातिक व्यवस्थामा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेसले यो संकटको बेला नेतृत्वदायी भूमिका खेल्नुपर्ने सभापति देउवाले बताए।

सबै क्षेत्रमा आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था भएकाले यो व्यवस्था अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताए।

उनले कांग्रेसलाई अझै सुदृढ गर्न र यसलाई ग्रास लेभलबाटै पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्न पनि नेता कार्यकर्ताहरूलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077