Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अहिले देशमा कुनै राजनीतिक संकट छैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा कुनै राजनीतिक संकट नरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा जारी कांग्रेसको पहिलो बागमती सम्मेलनमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले नेपालमा आहिले संकट रहेको कुरा गर्ने गरेपनि राजनीतिक संकट नरहेको उल्लेख गरे ।

महामन्त्री शर्माले भने,‘संकट केलाई मान्न मिल्छ भने जतिबेला नेपालमा हिंसात्मक विद्रोहको अवस्था थियो । राज्य नै गाउँ छिर्न नसक्ने अवस्था थियो । मान्छे यतै मरेको उतै मरेको ठप्प अवस्था थियो । त्यस्तो अवस्थामा हल खोज्ने कांग्रेस तर अहिले हामीले सानोतिनो समस्यालाई संकट भनेर कांग्रेसले बिस्कुन सुकाउन मिल्छ ?’

संविधानसभाको निर्वाचनपछि संविधान बन्न नसकेको संकटमा अर्को चुनाव गराएर संविधान बनाएर कांग्रेसले संकट टारेको बताउँदै उनले अहिले त्यस्तो संकट नरहेको टिप्पणी गरे ।

महामन्त्री शर्माले अब नयाँ विश्वास र पूरानो भावनाको कांग्रेस बनाउनुपर्ने बताए । उनले पार्टीमा को कसले केके पद लिएको छ त्यसको दायित्व पूरा गरेको छ कि छैन त्यसको समीक्षा, आत्मआलोचना गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077