Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आक्रमणपछि रवि लामिछानेले भने - यो खोया घरमा सजाएर राख्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएको खोया फ्रेममा सजाएर राख्ने बताएका छन् । पोखराको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । उनले आफूमाथि एक व्यक्तिले प्रहार गरेको खोया आफूले देखेका सपना पूरा नभएसम्म सजाएर राख्ने बताए ।

शनिबार पोखरामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेमाथि सन्तोष रानाभाट नाम गरेका व्यक्तिले खोया प्रहार गरेका थिए। लामिछानेले उक्त खोया आफ्नो जीवनको महत्वपूर्ण सर्टिफिकेट भएको बताउँदै त्यसलाई सजाएर राख्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ। पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घाबाट लामिछानेमाथि खोया प्रहार भएको थियो। सो प्रहारपछि सभालाई सम्बोधन गर्दै लामिछानेले यो घटनाबाट प्रतिशोध नभई शिक्षा लिएको बताएका हुन् ।

‘म यो मकैको घोघा (खोया)लाई आफ्नो घरमा झुन्ड्याएर राख्नेछु। प्रतिशोध लिएर होइन, शिक्षा लिएर। नेपाली जनताले कत्रो अपेक्षा गरेका छन् हेर। यदी तैँले बाटो बिराइस भने आज त घोघा पाइस् तैँले, यदी तैंले बाटो बिराइस् भने कल्पना गर के मात्र पाउँछस् भनेर मलाई चेतावनी दिइएको हो,’ सभापति लामिछानेले भने, ‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु। मैले यसलाई मेरो सपना पूरा नहुने बेलासम्म जोगाएर राख्नेछु। कुहिन दिन्नँ, झर्न दिन्नँ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077