Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपप्रधानमन्त्री खड्का भन्छन् - संविधानको आवश्यकताअनुसार संशोधन कांग्रेसले गर्छ

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको आवश्यकता अनुसार संशोधन कांग्रेसले गर्ने बताएका छन् ।

कांग्रेस बागमती प्रदेश सम्मेलनलाई शनिबार सम्बोधन गर्दै पार्टी उपसभापति खड्काले यस्तो बताएका हुन् ।

उनले गणतन्त्रले जनतालाई मालिक बनाएको स्मरण गराए । गणतन्त्रलाई हल्लाउने प्रयास भइरहेको बताउँदै उनले संविधानको रक्षा कांग्रेसले गर्ने दृढता व्यक्त गरे ।

यस्तै नेतृत्वमा रहेका सबैले राम्रो काम गरे पार्टी आफैँ सुध्रिने बताउँदै पार्टीलाई सुधार गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077