Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२१ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से, ७ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से २१ अंकले घटेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से २१ अंक घटेर २०८८ मा कायम भएको हो । कारोबार रकम भने करिब १ वर्षकै उच्च भएको छ ।

दिनभर कुल ७ अर्ब ११ करोडको कारोबार भएको छ । यसअघि बिहीबार ६ अर्ब २७ करोडको कारोबार भएको थियो।

७९ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो । हाइड्रोपावर ०.०८, जीवन बीमा ०.५२, निर्जीवन बीमा ०.५६ र अन्य समूह ०.९७ प्रतिशत बढे।

बोटलर्स नेपाल बालाजु, कालिका पावर, सामलिङ पावर, बीपीडब्लू लघुवित्त, चिरख्वाखोला हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्याज्योति लाइफ, अपरसोलु हाइड्रो, भिजन लुम्बिनी ऊर्जा, नेपाल वेयरहाउजिङ कम्पनी, माइखोला हाइड्रोपावर, मैलुङखोला जलविद्युत् कम्पनी र सयपत्री हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । त्यस्तै हाथवे इन्भेस्टमेन्टको ९.८, आँखुखोला जलविद्युतको ९.१ र हिमालयन डिस्टिलरीको मूल्य ६.८ प्रतिशत घट्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077