Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

निलम्बन फुकुवाको माग गर्दै सांसद कोइरीले दिए निवेदन

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो 'कोइरी'ले निलम्बन फुकुवा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएका छन्।

जिल्ला अदालतबाट सफाइ पाएकाले सांसदको रुपमा संघीय संसद्‌मा सहभागी हुनुपर्ने माग राख्दै कोइरीले निवेदन दिएका हुन्।

मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि कोइरी फरार रहेका थिए।

सोही कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077