Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

अन्तिम फैसलाका लागि आइतबार सुरु भएको बसह नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।

आज सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले पीडितको पक्षबाट बहस गरेका थिए।

सरकारी वकिल पक्षको बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्नेछन्। त्यसपछि सन्दीपको तर्फबाट बहस हुनेछ।

काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन।

यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077