Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

हत्या अभियोगमा सफाइ पाएपछि सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको सांसद पदको निलम्बन फुकुवा भएको छ ।

सभामुख देवराज घिमिरेले आज आइतवार सांसद कोइरीको निलम्बन फुकुवा गरेका हुन् ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि कोइरीलाई संसद् सचिवालयले २०८० वैशाख १९ गतेदेखि निलम्बन गरेको थियो ।

त्यति बेला हत्या अभियोगमा सांसद कोइरीविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा विचाराधीन थियो ।

त्यो मुद्दामा जिल्ला अदालतले पुस ४ गते सांसद कोइरीलाई सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए ।

उनी महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077