Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आयल निगमले भन्यो - बढी मूल्यमा एलपी ग्यास नबेच्नू, कारबाही गर्छौं

काठमाडौं । तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्ने वितरकलाई नेपाल आयल निगमले कारबाही गर्ने भएको छ ।

आइतबार विज्ञप्ति सार्वजनिक गर्दै निगमले बढी मूल्यमा एलपी ग्यास बेचेको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सूचना प्रसारण भएकाले त्यस्तो भेटिए एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) अनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

अहिले नजिकको ग्यास उद्योगदेखि ५० किलोमिटर परिधिभित्र एलपी ग्याँसको मूल्य एक हजार ८९५ कायम भएको छ ।

बढी रकममा बिक्री भइरहेको पाइएमा निगमका प्रादेशिक कार्यालयमा सम्पर्क गर्न निगमको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077