Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ईलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापना

कैलाली । कैलालीको ईलाका प्रहरी कार्यालय‌ मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापन गरिएको छ । विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गरिएको हो ।

हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गणेश बरालले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबीच भएको नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्यसम्पादन सम्झौता बुदाँ नम्बर २५ अनुसार हिरासतमा पुस्तकालय स्थापना गरिएको हो ।

सो पुस्तकालयको आइतबार डीएसपी बरालले उद्घाटन गरेका थिए । पुस्तकालयमा राखिएका पुस्तकहरु थनुवा र अन्यले पनि अध्यन गर्न पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077