Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउण्ड ह्याडलिङ सम्झौता

काठमाडौं । नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याडलिङ सम्झौता भएको छ ।

सम्झौतामा आइतवार निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एयरवेजको तर्फबाट वेस्टर्न एण्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका हुन् ।

नेपालको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि उडानको सेल्फ ह्याडलिङ गर्दै आएको थाई एयरवेजले सेल्फ ह्याडलिङ गर्न छोडी निगमसँग सम्झौता गरेको छ ।

ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाई एयरवेजले ८० थान ग्राम ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीसमेत निगमलाई हस्तान्तरण गरेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077