Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लागूऔषध ट्याब्लेटसहित बाराबाट चार जना पक्राउ

बारा । बारा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्याब्लेट र सुईसहित चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमरा र निजगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो।

सिमराबाट पक्राउ परेकाहरुको साथबाट फेनरागन- २९६ पिस, डाईजेपाम- ३०३ पिस र बुप्रो नोर्फिन- ३०० पिस बरामद गरिएको छ। पक्राउ पर्नेमा कलैयाका ४३ वर्षीय जयशंकर प्रसाद यादव, २४ वर्षीय मनिष कुमार साह रहेका छन्।

यस्तै इलाका प्रहरी कार्यालय निजगढले पनि दुई जनालाई पक्राउ गरेको छ। निजगढ नगरपालिका वडा नं.९ शहिद चोकस्थित बजारमा लागुऔषध ट्याब्लेट लिएर घुमिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

८ पत्ता १८० ट्याबलेटसहित निजगढ–८ बुद्धचोकका २० वर्षीय विवेक मोक्तान, जितपुर सिमरा–१६ का २० वर्षीय सागर तामाङ पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077