Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनमा पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाइँदै

एजेन्सी । यो वर्ष युक्रेनले पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाउँदैछ ।

करिब दुई वर्षअघि रूसले आक्रमण शुरू गरेको युक्रेनमा जनवरी ७ को परम्परागत दिन (अर्थोडक्स डेट) लाई बेवास्ता गर्दै डिसेम्बर २५ मा नै क्रिसमस मनाउने घोषणा गरेको हो ।

जनवरी ७ लाई रूसी क्रिश्चियन धर्मावलम्बीहरूले विशेष दिनका रूपमा लिने गर्छन् भने रूसी परम्पराको विरोधका लागि युक्रेनले नयाँ मिति अर्थात् उसका सहयोगीहरूले क्रिसमस मनाउने दिन डिसेम्बर २५ मा नै क्रिसमस मनाउने घोषणा गरेको हो ।

ओडेसाको दक्षिणी ‘ब्ल्याक सी’ बन्दरगाहमा चर्चमा जानेहरूले डिसेम्बर २४ लाई क्रिसमसको अघिल्लो साँझका रूपमा मान्यता दिँदै मैनबत्ती बाली प्रार्थना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077