Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको राष्ट्रका नाममा सम्बोधन गर्ने समय परिवर्तन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने समय परिवर्तन गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डको व्यवस्तताले गर्दा यसअघि ३ बजे निर्धारण गरिएको समय ५ बजेलाई सारिएको हो ।

दाहाल प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् ।

उनले गत वर्षको पुस १० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदका लागि दाबी पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077