Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मधेशवादी दल समाप्त हुने बाटोमा छन् : राजेन्द्र महतो

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले मधेशवादी दल समाप्त हुने बाटोमा रहेको बताएका छन्।

सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले यस्तो बताएका हुन् ।

नेता महतोले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकार छोडेर संघर्षमा नआए समाप्त हुने तथा नया शक्तिको उदय हुने बताए।

नेता महतोले मधेश आन्दोलनलाई राज्यले अपराधीकरण गरिरहेको र त्यो सरकारमा मधेशवादी पार्टी सामेल रहनुले उनहरूले समाप्तिको बाटो रोज्नु जस्तै रहेको बताए ।

नेता कार्यकर्तामाथि मधेश अन्दोलनकै कारण आजीवन कारावास भइरहँदा एकथान मन्त्रीका लागि सतामा टाँसिइरहनु मधेशवादी दलहले समाप्तिको बाटो रोज्नु जस्तै भएको नेता महतोको भनाइ छ ।

नेता महतोले झापा विद्रोह, र माओवादीको ‘जनयुद्ध’ लाई विद्रोह मान्ने तर मधेश आन्दोलनलाई अपराध मान्ने काम भए मधेशमा नयाँ शक्तिको उदय हुने पनि चेतावानी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077