Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईजीपी कुँवरको निर्देशन – दवाव र प्रभावमा नपरी शून्य सहनशिलताका साथ काम गर्नू

    आईजीपी कुँवरको निर्देशन – दवाव र प्रभावमा नपरी शून्य सहनशिलताका साथ काम गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 990
    SHARES

    डोटी । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय डोटीको उद्घाटन गरेका छन् ।

    आईजीपी कुँवरले जिल्ला प्रहरी कार्यालय डोटी परिसरमा नवनिर्मित कार्यालय, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको उद्‍घाटन गरेका हुन्।



    कार्यक्रममा बोल्दै आईजीपी कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनेलाई प्रशंसा पत्र प्रदान गरेका थिए । आईजीपी कुँवरले समाजमा देखा पर्ने नविनतम चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असरको बारेमा प्रहरी हरदम तयारी अवस्थामा रहनु पर्ने बताए ।



    आईजीपी कुँवरले नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यवसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताए । नागरिकमैत्री, सेवामुखी भावका साथ सम्पूर्ण स्थानीयवासीहरूले भय र त्रासरहित वातावरणमा उद्योग, व्यापार, रोजगार तथा व्यवसाय गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने आईजीपी कुँवरले बताए ।

    उनले समाजमा अशान्ति र अराजकता फैलाउने उच्श्रृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्ने विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी शून्य सहनशिलताका साथ कार्य सम्पादन गर्न उपस्थित कर्मचारीहरूलाई निर्देशन दिए ।

    कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार