Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं भित्र्याउँछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं भित्र्याउने बताएका छन् ।

आफू नेतृत्वको सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले मेलम्चीको पानी आउँदैन भन्ने भाष्य गलत सावित गर्ने बताए ।

‘मेलम्चीको पानी काठमाडौंबासीले पिउने सपना अधुरो रहेको यथावतै छ। मैले मेलम्चीको समस्यामा छलफल गरिरहेको छु। १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजल पुर्‍याउने लक्ष्य छ। २८ दिनको कम्प्याक्ट योजना सहित काम भइरहेको छ,’ उनले भने।

साथै मेलम्चीको दोश्रो चरणको आयोजनाबारे पनि छलफल जारी भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077