Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय सुधार आयोग गठन गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले शासकीय सुधार आयोग गठन गर्न लागिएको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा नै तत्काल शासकीय सुधार आयोग गठन गरिन लागिएको उनले जानकारी दिए । शासकीय सुधार आयोग गठन गरिने र त्यसले दिएका सुझाव तत्काल कार्यान्वयनमा लगिने उनको भनाई छ ।

'प्रशासनलगायत समग्र शासकीय पक्षमा सुधार गर्न प्रधानमन्त्रीकै अध्यक्षतामा तत्कालै शासकीय सुधार आयोग गठन गरिँदै छ । यस्ता आयोगहरूका अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्र कार्यान्वयनमा लैजाने परम्पराको अन्त्य गरी यसपटक समयबद्ध सुझाव तत्कालै कार्यान्वयनमा लैजाने र परिणाम दिने सरकारको तयारी छ', प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077