Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संघीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताएका छन् ।

मोरङको बुढीगङ्गा गाउँपालिका–२ साक्माहास्थित लिलाभक्ता राम आधारभूत विद्यालयको नवनिर्मित भवनको आज उद्‌घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकलाई समृद्धितर्फ लैजान राजनीतिक दलहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गरी जनतामा गणतन्त्र एवं संघीयतालाई चुस्तदुरुस्त बनाउन प्रतिबद्ध हुनुपर्ने बताए ।

चालू आर्थिक वर्षको छ महिनामा १०/११ प्रतिशतसम्म मात्र विकास खर्च भएकामा उनले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077