Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाको बैठकमा सांगठनिक प्रस्तावमाथि छलफल

    जसपाको बैठकमा सांगठनिक प्रस्तावमाथि छलफल

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 468
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको बैठकमा साङ्गठनिक प्रस्तावमाथि छलफल भएको छ ।

    पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मेवारी बाँडफाँटको प्रस्तावमाथि छलफल भएको हो ।



    पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले यसअघि केन्द्रीय कार्यकारिणी समिति सदस्य र केही राजनीतिक समिति सदस्यलाई मात्र जिम्मेवारी तोकेको थियो ।



    खासगरी पार्टीका एक सय १९ राजनीतिक समिति सदस्यलाई विभाग तथा संयन्त्रमा जिम्मेवारी दिने गरी तयार पारिएको प्रस्तावमा बैठकमा छलफल भएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार