Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गोली हानेर बाराबाट भारतीय ‘सार्प सुटर’ पक्राउ

बारा । बारा प्रहरीले गएराति एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई बाराको बिश्रामपुरबाट पक्राउ गरिएको हो ।

उनीमाथि हत्याका विभिन्न अभियोग रहेको प्रहरीले जनाएको छ। यस्तै पक्राउ परेका सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा पनि संलग्न रहेको बताइन्छ ।

मंगलबार राति आठ बजे विश्रामपुर गाँउपालिका(३ मा खुट्टामा गोली हानेर प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ गर्न लाग्दा भागेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

उनका साथबाट प्रहरीले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसमेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077