Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकल तथा असहाय ज्येष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न सरकार लागेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन् ।

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले यो कुरा बताएका हुन् । ज्येष्ठ नागरिकको महत्त्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको प्रधानमन्त्रीको भनाई छ ।

ज्येष्ठ नागरिकहरूको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको उनले जिकिर गरेका छन् ।

‘ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्त्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील छ। यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077