Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : एपीएफको लगातार पाँचौँ जित

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

जारी प्रतियोगितामा एपीएफ क्लबले आफ्नो विजयी यात्रा जारी नै राखेको छ । हालसम्म पाँच खेल खेलेको एपीएफ क्लबले पाँच खेलमै जित हात पारेको छ ।

एपीएफ क्लब १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । पाँच खेल खेलेको कर्णाली प्रदेशले भने आफूले खेलेका सबै खेलमा हार ब्यहोरेको छ ।

कर्णाली प्रदेश सबै खेलमा पराजित हुने एकमात्र टोली हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय ६० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077