Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रधानमन्त्री कप : एपीएफको लगातार पाँचौँ जित

    प्रधानमन्त्री कप : एपीएफको लगातार पाँचौँ जित

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 543
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

    जारी प्रतियोगितामा एपीएफ क्लबले आफ्नो विजयी यात्रा जारी नै राखेको छ । हालसम्म पाँच खेल खेलेको एपीएफ क्लबले पाँच खेलमै जित हात पारेको छ ।



    एपीएफ क्लब १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । पाँच खेल खेलेको कर्णाली प्रदेशले भने आफूले खेलेका सबै खेलमा हार ब्यहोरेको छ ।



    कर्णाली प्रदेश सबै खेलमा पराजित हुने एकमात्र टोली हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय ६० रन बनाएको थियो ।

    जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार