Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्री कप : एपीएफको फाइनल खेल्ने संभावना कायमै

    प्रधानमन्त्री कप : एपीएफको फाइनल खेल्ने संभावना कायमै

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 399
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।

    जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य एपीएफले १४।१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।एपीएफको जितमा सन्दीप जोराले १५ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए ।



    लोकेश बम ६, आसिफ शेख १५, सुमित महर्जन र रोहित पौडेल ४–४ रनमा आउट भए । भुवन कार्की १४ र प्रदीप ऐरी १२ रनमा आउट भए । सुदूरपश्चिमका दीपक चन्दले ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए ।



    नरेन साउदले ६ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १६.२ ओभरमा ८७ रनमा अल आउट भएको थियो ।

    सुदूरपश्चिमका नारायण जोशी २५ बलमा ३ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहेका थिए । आफ्नो करिअरकै पहिलो राष्ट्रिय स्तरको खेल खेलेका चन्दले सुदूरपश्चिमको शीर्ष र मध्यक्रम ध्वस्त पारेका थिए ।

    उनले ओपनर टेक रावतलाई शून्य, नरेन भट्टलाई १, मिलन बोहरालाई ८ रनमा बोल्ड आउट गरे । एपीएफ ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ ।

    एपीएफले बुधबार कर्णालीसँग टियुमा खेल्नेछ । एपीएफ अन्तिम खेलमा विजयी भएमा १२ अंकमा पुग्नेछ । तर त्यो १२ अंक भने फाइनल खेल्न पर्याप्त हुने छैन । अन्य टोलीको नतिजामा भर पर्नुपर्छ ।

    आर्मी ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीले अन्तिम खेल बिहीबार गण्डकीसँग खेल्नेछ । आर्मी उक्त खेलमा पराजित भएमा मात्रै एपीएफ १२ अंकमा नेटरनरेटमा माथि रहँदै फाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार