Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री कप : पुलिस क्लबले लुम्बिनीलाई दियो २४६ रनको लक्ष्य

    प्रधानमन्त्री कप : पुलिस क्लबले लुम्बिनीलाई दियो २४६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 219
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २४६ रनको बलियो लक्ष्य दिएको छ ।

    करण केसी र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा पुलिस क्लब ३७.३ ओभरमा २४५ रनमा अल आउट भयो ।



    पिचको कारण खेल ढिलो सुरु हुँदा खेल ३८–३८ ओभरमा झारिएको थियो । पुलिसका कप्तान आरिफ शेखले ७६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रन बनाए ।



    आज दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिँदा आरिफले टोलीको कप्तानी गरेका छन् । करण केसीले २७ बलमा ५ चौका र ५ छक्कासहित ५७ रनको विष्फोटक इनिङ खेले ।

    कुशल भुर्तेल ४२ बलमा ७ चौका र १ छक्कासहित ४८, दीलिप नाथ २, अर्जुन साउद २४, शंकर राना शून्य, राशिद खान १२ र रोशन बुढाल १० रनमा आउट भए ।

    लुम्बिनीका नर सार्कीले ८ ओभरमा ७७ रन खर्चेर ४ विकेट लिए । वीर मगरले ७.३ ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्की र अभिषेक गौतमले १–१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार