Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

    प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 600
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।

    कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो ।आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।



    पुलिसका लागि शंकर रानाले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा सर्वाधिक ६२ रनको योगदान दिए । उनले ५ चौका र ४ छक्का हिर्काए । त्यस्तै अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाए ।



    यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए ।

    उनले ७ चौका र १ छक्का हिर्काए । ७ विकेटका ६९ रनको खराब स्थितिमा रहेको बेला यादवले सोमपाल कामीसँग आर्मीको इनिङ्स सम्हालेका थिए । सोमपालले ३९ रन बनाए ।

    आर्मीका लागि ओपनर इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    नेपाल पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार