Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवनबाट दुई नेपालीलाई अपहरण गर्ने ६ जना भारतीय पक्राउ

बारा। दुई नेपालीको अपहरण आरोपमा भारतबाट ६ जना पक्राउ परेका छन् । चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरुमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् । गत पुस ५ गते थापा र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए ।

तर पुस ७ गते बेलुका एकाएक थापाले आफ्नो फेसबुक मेसेन्जरमार्फत श्रीमतीलाई कल गरेर आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ माग भएको भन्दै जानकारी गराएका थिए ।

सो सूचना प्रहरी कार्यालय भरतपुरका साथै जिल्ला प्रहरी कार्यालय बारामा पुगेको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अप्रेसन सञ्चालन गरेकामा पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले अपहरणमा परेका थापा र महतलाई सितामढीबाट सकुशल उद्धार गरेको थियो ।

भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077