Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार चौथो जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित हात पारेको छ ।

त्यस क्रममा उसले आज बुधबार मधेश प्रदेशलाई ५ विकेटले हरायो । यो मधेशको चौथो हार हो ।

मूलपानी मैदानमा मधेशले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले खेल सकिन १ बल बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो ।

सुदुरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २६ रन बनाइन् । उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।

सम्झना खड्काले २१ बलमा ३ चौकासहित २१ रन बनाइन् । मधेशका लागि साक्षी यादव र कविता गौतमले समान २/२ विकेट लिए ।

पूजा महतोले १ विकेट लिइन् । टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको थियो ।

मधेश बागमतीसँग २८ रन, एपीएफसँग १० विकेट र कोशीसँग ६० रनले पराजित भएको थियो । उसले गण्डकीलाई भने २७ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077