Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल बैंकका तत्कालीन शाखा प्रबन्धक कोइरालालाई साढे ६ वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल राष्ट्र बैंकका तत्कालीन शाखा प्रबन्धकलाई कैद तथा जरिवाना तोकेको छ ।

डिल्लीबजार शाखाका प्रबन्धक भूपराज कोइरालामाथि विशेषले २६ मंसिरमै कसुर कायम गरेकोमा आज सजाय निर्धारण गरेको हो । उनलाई ६ वर्ष एक महिना कैद सजाय भएको विशेषले जनाएको छ ।

विशेष अदालतका अनुसार कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ भने उति नै रकम नेपाल राष्ट्र बैंकले बिगोबापत कोइरालाबाट असुलउपर गर्न पाउनेछ ।

खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो । उनले झन्डै ५५ लाख रुपैयाँ हिनामिना गरी खाइमासेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ असार ०७७ मा मुद्दा चलाएको थियो ।

कोइरालाले राष्ट्र बैंकको सिस्टम ह्याक गरी रकम हिनामिना गरेको र बैंकमा जम्मा गर्नुपर्ने ब्याजसमेत निजी खातामा हाल्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077