Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईजीपी कुँवरले गरे आसरा सुधार केन्द्र फुलबारीको उद्‍घाटन

    आईजीपी कुँवरले गरे आसरा सुधार केन्द्र फुलबारीको उद्‍घाटन

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 945
    SHARES

    कैलाली । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धनगढी उपमहानगरपालिका १४ ‘डि’ गाउँ फुलबारीस्थित आसरा सुधार केन्द्र फुलबारीको उद्‍घाटन गरेका छन् ।

    बुधबार आयोजित एक कार्यक्रमबीच आईजीपी कुँवरले सो केन्द्रको उद्‍घाटन गरेका हुन् । साथै उनले उक्त केन्द्रको निरीक्षण गर्नुका साथै केन्द्रको परिसरमा वृक्षारोपण समेत गरेका छन् ।



    कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका अन्य सुधार केन्द्र जस्तै यस शाखाले पनि आफ्नो विशिष्ट र प्रभावकारी पहिचान बनाउँदै सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन थप मद्दत पुर्‍याउने विश्वास गरे ।



    लागूऔषध दुर्व्यवसनीले व्यक्ति, परिवारसँगै समुदायलाई नै असर गर्ने उल्लेख गर्दै लागूऔषधको प्रयोगमा संलग्न व्यक्तिलाई रचनात्मक दिशातर्फ अग्रसर गराउन समाजका सबै तहतप्का र वर्गको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

    आईजीपी कुँवरले लागूपदार्थप्रति वितृष्णा उत्पन्न गराउन लागूऔषध प्रयोगकर्ताको मनोबल र आत्मबल अभिवृद्धि गर्न जरूरी रहेको चर्चा गर्दै लागूऔषधको नकारात्मक असरबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी समाजलाई दुर्व्यसनबाट मुक्त गराउने नेपाल प्रहरीको अभियानलाई सफल बनाउन आम नागरिकको निरन्तर सहयोग मिल्ने अपेक्षा व्यक्त गरे ।

    समसामयिक आवश्यकता, नयाँ सोच र दृष्टिकोणसहित अझ परिस्कृत, कल्याणकारी सेवामार्फत सुरक्षित र शान्त समाज निर्माणमा नेपाल प्रहरी सदैव अग्रसर रहने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

    सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त केन्द्रको स्थापनाका लागि सहयोग पुर्‍याउनु हुने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

    यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले लागूऔषध नियन्त्रणमा प्रहरीले उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै लागूऔषध नियन्त्रणका लागि आवश्यक साथ र सहयोगका लागि उपमहानगरपालिका सदैव तत्पर रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार