Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरीहरूलाई आईजीपी कुँवरको निर्देशन – शून्य सहनशीलतालाई गम्भीरताका साथ मनन गर्नू

    प्रहरीहरूलाई आईजीपी कुँवरको निर्देशन – शून्य सहनशीलतालाई गम्भीरताका साथ मनन गर्नू

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 1.1K
    SHARES

    कैलाली । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रभावकारी र वस्तुनिष्ठ अनुसन्धान फौजदारी मुद्दा सफलताको कडी भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी धनगढीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले प्रभावकारी र वस्तुनिष्ठ अनुसन्धान फौजदारी मुद्दा सफलताको कडी भएको र यसको लागि अपराध अनुसन्धानको क्षेत्रमा आवश्यक पर्ने घटनास्थल सुरक्षा, प्रमाण संकलन, संरक्षण र परीक्षणदेखि मिसिल तयार गर्ने जिम्मेवारीका लागि अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीहरूमा कानूनी ज्ञान, विशेष सीप, दक्षता र लगनशीलता आवश्यक रहने बताए ।



    साथै अपराध अनुसन्धानको लागि ज्ञान, सीप, दक्षता, अनुभव, अथक लगाव र दृढ संकल्पका अतिरिक्त सरोकारवाला निकाय र समाजसँगको सहकार्य र समन्वय समेत महत्वपूर्ण रहनेमा उनले जोड दिए ।



    पीडित तथा साक्षी संरक्षणको सुनिश्चितता, मानव अधिकारको संरक्षण, महिला तथा बालबालिका विरुद्धको हिंसाजन्य घटनाको अनुसन्धानमा थप संवेदनशिल भई शून्य सहनशीलतालाई गम्भीरताका साथ मनन गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उनले निर्देशनसमेत दिए ।

    यसैगरी आईजीपी कुँवरले साधन स्रोतको सीमितता, भूगोलको जटिलता र विविध चुनौतीहरूका बाबजुद यस प्रदेशमा घटित विविध घटनाहरूको सफल अनुसन्धान गरी कानूनी राज्यको प्रत्याभूति दिलाउनमा यस प्रदेश अन्तर्गतका प्रहरी कर्मचारीहरूले निभाएको भूमिकाको प्रशंसा गरे ।

    अपराध अनुसन्धानलाई वैज्ञानिक, व्यवस्थित एवम् प्रमाणमुखी बनाई न्यायिक प्रकृयामा सही, निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न अपराध प्रवृत्ति एवम् तथ्याङकहरूलाई समेत केन्द्रबिन्दुमा राखी योजनाबद्ध ढंगले अघि बढ्न जरूरी रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार