Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मिटरब्याजीले पीडित कुटेपछि सिरहा प्रहरी कार्यालय अगाडि रातभर धर्ना

सिरहा । मिटरब्याजीले मिटरब्याज पीडितलाई कुटेपछि पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका छन् ।

मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमै दुई पीडितलाई कुटेपछि मिटर ब्याज पीडितहरू प्रहरी कार्यालय अगाडी धर्ना बसेका हुन्।

मिटरब्याजी निरौलाले बुधवार अदालतमै पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेका थिए ।

घटनापछि निरौलालाई पक्राउ गरी कारबाही गर्न मिटर ब्याज पीडितहरू धर्ना बसे । उनीहरू माग पुरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले पीडित कुट्ने निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077