Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिन र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट

एजेन्सी । रुस भ्रमणमा रहेका भारतीय विदेशमन्त्रीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

भेटमा दुई नेताबिच युक्रेन युद्धदेखि विभिन्न मुद्दामा चर्चा भएको छ । राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष रुस आउने निमन्त्रणासमेत दिएका छन् ।

विश्वभर उथलपुथल चलिरहँदा रुस र भारतको सम्बन्ध भने मजबुत भइरहेको राष्ट्रपति पुटिनको भनाई थियो ।

पुटिनले युक्रेनसँगको युद्धको बारेमा प्रधानमन्त्री मोदीलाई कयौँपटक जानकारी दिइसकेको पनि बताएका थिए ।

रुसले दुई देशबिचको कारोबार केवल तेल, काइला र ऊर्जासँग सम्बन्धित उत्पादनमा मात्र सीमित नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077