Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई पराजित गर्दै कोशी प्लेअफमा

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ ।

६ मध्ये ५ खेल जित्दै कोशीले प्रधानमन्त्री कपको प्लेअफमा स्थान सुरक्षित गरेको हो । एपीएफपछि प्लेअफमा स्थान सुरक्षित गर्ने कोशी दोस्रो टिम हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध जितका लागि पाएको ११९ रनको लक्ष्य कोशीले १७.४ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो ।

त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ३ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । कोशीका लागि सबनम राई र अप्सरी बेगमले समान १/१ विकेट लिए ।

कोशीले ६ खेलमा एक मात्र हार बेहोरेको छ । कोशी एपीएफसँग ८ विकेटले पराजित भएको थियो ।

प्रतियोगिताको दोस्रो हार व्यहोरको सुदूरको पनि प्ले अफ पुग्ने संभावना बलियो छ । यसअघि सुदूर एपीएफसँग ९ विकेटले पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077