Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : पूजा महतोको अर्धशतकसँगै मधेशको दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा मधेश प्रदेशले दोस्रो जित हात पारेको छ ।

बिहीबार खेलिएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको ९७ रनको सामान्य लक्ष्य मधेशले १८.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

मधेशका लागि ओपनर ब्याटर पुजा महतोले सर्वाधिक ६० रन बनाइन् । उनले ५९ बलमा ५ चौका प्रहार गरिन् ।

अनुराधा चौधरीले १७ र सरस्वतीकुमारी चौधरी १२ रनमा अविजित रहिन् । लुम्बिनीका लागि सरस्वती पुन र कमला जीएमले समान १ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

लुम्बिनीका लागि ओपनर ब्याटर लक्ष्मी चौधरीले ६४ रनको अविजित पारी खेलिन् । उनले ६४ बलमा ८ चौका र २ छक्का प्रहार गरिन् । सरस्वती जीएमले १० रन बनाइन् भने अन्य कुनैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो नतिजापछि मधेस र लुम्बिनीको समान ६ खेलबाट ४ अंक भएको छ । रनरेटमा लुम्बिनी पाँचौ र मधेश छैटौं स्थानमा छन् । यी दुवैको शीर्ष ४ मा पर्दै प्लेअफमा पुग्ने गणितीय संभावना कायम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077