Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा पार्टीबाट सहभागी मन्त्रीले आफ्नो काम कारबाहीको रिपोर्ट पेस गर्ने छन् ।

बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ भने त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने छ।

त्यस्तै बैठकमा राष्ट्रियसभा उम्मेदवारको मापदण्ड तय गर्ने विषयदेखि समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077