Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीपविरूद्धको मुद्दामा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज पनि हेर्दाहेर्दैमा राखिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा भइरहेको अन्तिम सुनुवाइ बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको हो।

बिहीबार प्रतिवादी सन्दीप लामिछानेको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए।

वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, सबिता भण्डारीलगायतले बहस गरेका हुन्।

यस्तै प्रतिवादी लामिछानेको तर्फबाट अझै केही वकिलहरूले बहस गर्न बाँकी नै रहेको छ।

प्रतिवादीको तर्फबाट बहस सकेपछि शुक्रबार जवाफी बहस हुनेछ । यस मुद्दामा बहस सकेर फैसला शुक्रबार नै गर्ने सम्भावना रहेको छ।

क्रिकेटर लामिछानेविरूद्ध लागेको बलात्कारको अभियोगसम्बन्धी मुद्दा पटकपटक सर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077