Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा चिराजको मृत्यु

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको भरतपुर–माडी सडकखण्ड अन्तर्गत सीताराम चोकमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो ।

चितवन प्रहरीका अनुसार गीतानगरबाट विकासचोकतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077