Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शिक्षा मन्त्रालयको बजेट पुसभित्र ६० प्रतिशत कार्यान्वयन हुने

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रमा संघीय तहमा विनियोजित बजेट ५६ अर्ब ८२ करोड ४० लाखमध्ये मंसिर मसान्तसम्ममा २५ अर्ब ३९ करोड ८२ लाख रुपियाँ खर्च भइसकेको छ । कुल विनियोजनको ४४ दशमलव ७३ प्रतिशत बजेट खर्च भएको छ।

बजेट कार्यान्वनको चरणमा शिक्षा मन्त्रालय अग्रणी रहेको छ। यस अवधिमा विश्वविद्यालय अनुदान आयोगमा ११ अर्ब ९८ करोड ५० लाख, सेवानिवृत्त शिक्षक सुविधा पेन्सनबापत ९ अर्ब १८ करोड ९४ लाख खर्च भइसकेको छ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थी गराएबापत सार्वजनिक शिक्षण संस्थालाई १ अर्ब ९० करोड ६२ लाख खर्च भइसकेको छ।

हालसम्मको तथ्याङ्कअनुसार मन्त्रालयले सन्तोषजनक प्रगति गरिरहेको दाबी गरेको छ । मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख इमनारायण श्रेष्ठले अधिकांश बजेटको रकम तलब भत्ता र तोकिएको निकायमा खर्च हुने भएकाले कार्यान्वयन हुने जानकारी दिए ।

उनले भने, ‘पुस मसान्तसम्म ६० प्रतिशत कार्यान्वयन गर्नेछौं, चालु आर्थिक वर्षमा पूर्ण बजेट खर्च हुनेछ।’ बजेटमध्ये चालु आवमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयको भौतिक पूर्वाधार शीर्षकमा विनियोजन भएको ४४ करोड रुपियाँ हालसम्म कार्यान्वयन हुन सकेको छैन। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077