Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जेलमा श्रीमानको ‘सेवा’ गर्दा मन्त्रीको सचिवालय ‘उपहार’

    जेलमा श्रीमानको ‘सेवा’ गर्दा मन्त्रीको सचिवालय ‘उपहार’

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमा सहयोग गर्दा एक उपसचिवले मन्त्रीको स्वकीय सचिवको जिम्मेवारी पाएका छन् । उपसचिव बसन्तराज पुरी हाल भुमी व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ चौधरीको स्वकीय सचिवको जिम्मेवारीमा छन् ।

    डिल्लीबजार कारागारको जेलर हुँदा रन्जिताका श्रीमान रेशमलाई सहयोग गरेबापत उनले यो अवसर पाएका हुन् । पुरी गत वर्ष डिल्लीबजार कारागारको जेलर थिए । त्यसबेला रेशम त्यही थुनामा थिए । जेलभित्र सहज वातावरण बनाइदिनेदेखि भेटघाटमा पुरीले सहजीकरण गरिदिएका थिए ।



    त्यही कारण रन्जिताको उनको चिनजान भएको हो । त्यतीबेला सहयोग गरेबापत रन्जिताले पुरीलाई आफ्नो सचिवालयमा राखेका हुन् । रवि लामिछाने गृहमन्त्री हुँदा पुरी लमजुङको सिडिओ बनेका थिए । तर, नारायणकाजीले तीन महिनामै ताने । त्यसपछि पुरी रन्जिताको सचिवालयमा बसेका हुन् ।



    तर, मन्त्रालयमा उनको भूमिका भने राम्रो नभएको कर्मचारीहरु बताउँछन् । कर्मचारी सरुवामा पुरीले नै सूची बनाउने गरेको मन्त्रालय स्रोत बताउँछ । खासगरी मालपोत र नापीका कर्मचारीको सरुवामा चलखेल हुँदै आएको छ ।

    जसमा मन्त्रीको सचिवालय मुछिएको छ । धेरै जसो सरुवा आर्थिक चलखेलका आधारमा भएको एक कर्मचारी बताउँछन् । डिल्लीबजार कारागारमा हुँदा पनि जेलभित्र डनतन्त्र चलाएकोमा उनी आलोचित बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार