Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गिट्टीको अनलाइन बिल देखाएर १७ हजार ७३० किलो प्याज तस्करी

बारा । बारा प्रहरीले भन्सार छली गरेर ल्याएको १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ ।

आज बिहान पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट साढे १७ हजारभन्दा बढी प्याज बरामद गरेको हो ।

गिट्टीको अनलाइन बिल भिटिएस देखाएर प्याज तस्करी गरेको प्रहरीले जनाएको छ। उक्त प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार ८ सय २५ रहेको बारा प्रहरीले जनाएको छ ।

भन्सार छली गरेर ल्याएको प्याज र ट्रक नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077