Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीमा एमालेसहितको सरकार विस्तारको छलफलमा छौं : मुख्यमन्त्री कार्की

हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विस्तारको लागि एमालेसँग छ्लफल जारी रहेको बताएका छन्।

हेटौंडामा पत्रकारसँग बोल्दै मुख्यमन्त्री कार्कीले आफू सर्वपक्षीय सरकारको पक्षमा रहेको बताएका हुन्।

मुख्यमन्त्री कार्कीले एमालेसहितको दलहरूसँग छलफल जारी रहेकाले अहिलेसम्म सरकारले पूर्णता नपाएको बताए ।

मुख्यमन्त्री कार्कीले भने, 'संविधानले दिएको विषयलाई वास्ता नगर्ने तर पपुलर हुने नाउमा उत्पट्याङ प्रस्ताव ल्याउने काम वर्तमान प्रतिनिधिसभामा भैरहेको छ, डिसेन्टरलाइजलाई उनीहरूले पचाइरहेका छैन, यो विषयमा सात प्रदेशको मुख्यमन्त्रीको भेलामा जोडदार कुरा उठ्छ।'

आफू मुख्यमन्त्री भएपछि सहमतिको प्रयास जारी राखेको बताउँदै उनले कोशीको विषेश परिवेशमा सर्वदलीय सरकार आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री र मन्त्रीको रिपोर्टकार्ड माग्ने संघीय संसदले आफ्नो रिपोर्ट कार्ड चैँ पेश गर्नु पर्दैन भन्दै उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077